logo

२०८३ साउन १४ बिहिबार

upGrad GSP नेपालको Partners Meet & Networking Event 2025 सफलतापूर्वक सम्पन्न

upGrad GSP नेपालको Partners Meet & Networking Event 2025 सफलतापूर्वक सम्पन्न


हाम्रो राष्ट्र
  • शुक्रबार, ३ साउन २०८२
  • 4.4K
    SHARES

    upGrad GSP नेपालले आयोजना गरेको Partners Meet & Networking Event 2025 साउन १ गते बिहीबार ललितपुरस्थित होटल हिमालयाको हिमालय हलमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयहरूका प्रतिनिधिहरू, नेपालका शैक्षिक परामर्शदाता, तथा अन्य शैक्षिक व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    यस कार्यक्रमले अन्तर्राष्ट्रिय शिक्षामा सहकार्य र नयाँ सम्भावनाहरू खोज्न सहयोग पुर्यायो। कार्यक्रम बिहान १०:३० बजे दर्तासँग सुरु भएको थियो। त्यसपछि upGrad GSP नेपालका कन्ट्री डाइरेक्टर श्री अनिल श्रेष्ठले स्वागत मन्तव्य राख्नुभयो। upGrad GSP का हालै सम्पन्न भएका विद्यार्थी भर्ना कार्यक्रमबारे जानकारी दिन एउटा छोटो भिडियो क्लिप प्रस्तुत गरियो। त्यसपछि upGrad GSP का उपाध्यक्ष श्री अली बट्टले प्रमुख वक्ताको रूपमा मन्तव्य राख्दै दक्षिण एसियामा बढ्दो विद्यार्थी बजार र नेपालको योगदानको प्रशंसा गर्नुभयो।

    कार्यक्रमको मध्य भागमा विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूले आ-आफ्ना संस्थाका अद्यावधिक जानकारीहरू प्रस्तुत गरे। युनिभर्सिटी अफ वेस्टर्न अष्ट्रेलियाकी मारिया हुसेन, फ्लिन्डर्स विश्वविद्यालयका शाहिनुल इस्लाम, क्यापलान बिजनेस स्कूलकी प्रज्ञा शाह, चार्ल्स डार्विन विश्वविद्यालयका निकेश वेदी, र सदर्न क्रस विश्वविद्यालयकी फुर्बु ताशी लामाले प्रस्तुति दिनुभयो। साथै, upGrad GSP नेपालका ईश्वर आचार्यले TAFE NSW सँगको सहकार्यबारे जानकारी दिनुभयो।

    सहभागीहरूलाई सहभागी गराउने उद्देश्यले एक छोटो गेस एण्ड विन प्रोग्राम कार्यक्रम पनि राखिएको थियो। कार्यक्रमको अन्त्यतिर, upGrad GSP नेपालले आफ्ना संस्थागत साझेदारहरू र रिक्रुटमेन्ट पार्टनरहरूलाई औपचारिक रूपमा सम्मान प्रदान गर्यो। नेपालमा अन्तर्राष्ट्रिय शिक्षाको अवसरलाई अझ प्रभावकारी बनाउनेतर्फ उनीहरूको योगदानको उच्च मूल्यांकन गर्दै सम्मानपत्र प्रदान गरिएको थियो। यो सम्मानले कार्यक्रमलाई थप उत्साहपूर्ण बनायो। कार्यक्रम बफे लन्च र नेटवर्किङ सेसनसँगै सम्पन्न भयो जहाँ सहभागीहरूले आपसमा परिचय आदानप्रदान गर्दै आगामी सहकार्यबारे छलफल गर्न पाए। upGrad GSP नेपालले सबै सहभागीहरूप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि नेपालका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षासम्म पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्यो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend