logo

२०८३ साउन १४ बिहिबार

युक्रेन द्वन्द्वको समाधानका लागि चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको रुसी राष्ट्रपति पुटिनको भनाई

युक्रेन द्वन्द्वको समाधानका लागि चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको रुसी राष्ट्रपति पुटिनको भनाई


हाम्रो राष्ट्र
  • मंगलबार, ७ चैत्र २०७९
  • 1K
    SHARES

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई युक्रेन द्वन्द्वको समाधानका लागि चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको बताएका छन् ।

    रुसको तीन दिने राजकीय भ्रमणका लागि मस्को पुगेका राष्ट्रपति सी चिनफिङलाई पुटिनले चीनको युक्रेन शान्ति योजनाबारे छलफल गर्ने बताए ।

    चीनका राष्ट्रपति सी रुसका राष्ट्रपति पुटिनसँग भेटघाट गर्न मस्को पुग्नुले दुई राष्ट्रबीचको घनिष्ठ सम्बन्धलाई उजागर गरेको र कीभ र यसका पश्चिमी सहयोगीहरूलाई यसबारे चनाखो रहने सङ्केत मिल्ने देखिएको छ ।

    राष्ट्रपति सीले आफ्ना रुसी समकक्षी पुटिनलाई आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा रुसी जनताको समर्थन प्राप्त हुनेमा आफू विश्वस्त रहेको समेत उल्लेख गरेका छन् ।

    मस्कोमा जारी भ्रमणको शुरुवातमा अनौपचारिक वार्तामा बोल्दै राष्ट्रपति पुटिनले हालैका दशकहरूमा चीनको द्रुत विकासबाट रुस अलिकति ईष्र्यालु भएको पनि बताए ।

    यसैबीच युक्रेन र बेलायतले चिनियाँ नेतालाई आफ्नो प्रभाव प्रयोग गर्न र मस्कोलाई युद्ध अन्त्य गर्न दबाब दिन आग्रह गरेका छन् । पछिल्लो समय बेलायतले चीनले क्षेत्रीय अखण्डताको सम्मानका लागि आफ्नोसमर्थन गर्न र रुसलाई युक्रेनमा युद्ध अन्त्य गर्न आग्रह गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend