logo

२०८३ असोज ७ बुधबार

प्रवासका नेपालीको योगदान उच्च: सिर्जना सिंह

प्रवासका नेपालीको योगदान उच्च: सिर्जना सिंह


हाम्रो राष्ट्र
  • सोमबार, २३ भाद्र २०८२
  • 3.6K
    SHARES

    सिड्नी,अष्ट्रेलिया: मंगलादेवी सिंह फाउण्डेशनकी अध्यक्ष, नेपाली कांग्रेस महासमिति सदस्य तथा समाजसेवी नेतृ सिर्जना सिंहले प्रवासमा रहेका नेपालीहरूको योगदानलाई उच्च सम्मान व्यक्त गर्दै लोकतान्त्रिक मूल्य–मान्यता जोगाउन र नेपालको विकास यात्रामा विदेशमा रहेका नेपालीहरूको भूमिका अपरिहार्य रहेको धारणा राख्नुभएको छ।

    नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै सिंहले प्रवासी नेपालीहरूले नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “प्रवासमा रहेका नेपालीहरूले केवल व्यक्तिगत प्रगति मात्र हासिल गरेका छैनन्, उनीहरूको योगदानले मातृभूमिको विकास र प्रतिष्ठा बढाउन पनि महत्त्वपूर्ण सहयोग पुगेको छ।”

    छोटो बसाइका क्रममा युवाहरूसँग भेटघाट गर्दै सिंहले “नेपालबाट युवा पलायन भएको होइन, बरु उनीहरू विकास र समृद्धिको बाटोमा अगाडि बढिरहेका छन्” भन्ने सकारात्मक सन्देश दिनुभयो।

    नेतृत्वको अनुभव बोकेकी सिंहले अब आफू केवल नेताको पत्नी मात्र नभई जिम्मेवार नेतृको रूपमा प्रवासी नेपालीहरूको आवाज सम्बोधन गर्ने दृढ संकल्प व्यक्त गर्दै  “एक पटकको नेपाली सधै नेपालि हुन्छ “भन्नुभयो|

    साथै, प्रवासी नेपालीका माग र आवाजलाई आफ्ना श्रीमान्, उपप्रधानमन्त्रीलाई निरन्तर घचघचाउने प्रतिबद्धता व्यक्त गर्दै नेतृ सिंह आज अष्ट्रेलियाको छोटो बसाइ सम्पन्न गरी नेपाल फर्किन लाग्नुभएको छ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend