logo

२०८३ असोज ७ बुधबार

प्रधानमन्त्री कार्कीले १४ जना हटाएर सचिवालय ६ जनामा झारिन्

प्रधानमन्त्री कार्कीले १४ जना हटाएर सचिवालय ६ जनामा झारिन्


हाम्रो राष्ट्र
  • बिहिबार, १२ मंसिर २०८२
  • 1.5K
    SHARES

    काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मितव्ययिताको सशक्त सन्देश दिँदै आफ्नो सचिवालयलाई झट्का दिनुभएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार २० सदस्यीय सचिवालयबाट एकैपटक १४ जनालाई हटाएर अब जम्मा ६ जनाको सानो र चुस्त टिममा सीमित गरिएको छ।

    कार्यविधिले ६६ जनासम्म राख्न सकिने व्यवस्था भए पनि यसअघि नै २० जनामा झारिएकोमा अब थप कटौती गर्दै प्रधानमन्त्री कार्कीले मितव्ययी शासनको उदाहरण प्रस्तुत गर्नुभएको हो।

    अब उहाँको सचिवालयमा यी ६ जना मात्र रहनेछन्:
    – प्रमुख स्वकीय सचिव
    – मुख्य सल्लाहकार
    – जनसम्पर्क सल्लाहकार
    – प्रेस संयोजक
    – स्वकीय शाखा अधिकृत (फोटोग्राफर)
    – जनस्वास्थ्य विज्ञ

    प्रधानमन्त्री कार्यालयका सहसचिव हेमराज अर्यालका अनुसार बाँकी ६ जना पहिलेदेखि नै कार्यरत व्यक्ति हुन्।

    मितव्ययिता र प्रभावकारिताको यो कदमलाई निकै सकारात्मक रूपमा हेरिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend