logo

२०८३ साउन १४ बिहिबार

काठमाडौँ गोर्खाजको प्रभावशाली जित, कर्णाली याक्स ५ विकेटले पराजित

काठमाडौँ गोर्खाजको प्रभावशाली जित, कर्णाली याक्स ५ विकेटले पराजित


हाम्रो राष्ट्र
  • आइतबार, १५ मंसिर २०८२
  • 1.9K
    SHARES

    काठमाडौँ  : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार सम्पन्न खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई ५ विकेटले हराउँदै महत्वपूर्ण जीत दर्ता गरेको छ। मध्यम लक्ष्य पछ्याएको काठमाडौँले संयमित ब्याटिङ प्रदर्शन गर्दै १८ ओभरमै खेल आफ्नो पक्षमा पार्न सफल भयो।

    काठमाडौँका लागि शीर्ष क्रममा खेलेका गेरहार्ड इरास्मस आज दमदार प्रदर्शनका साथ अविजित ४३ रन बनाए। त्यस्तै, जोन सिम्पसनले ४१ तथा वेन चाल्सवर्थले ३४ रन जोड्दै टोलीलाई सहज अवस्थामा पुर्‍याए। कर्णालीतर्फ नन्दन यादवले ३ विकेट हात पारे भने पवन सराफले १ विकेट आफ्नो नाममा थपे।

    यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रनको स्कोर खडा गरेको थियो। कर्णालीका लागि गुल्शन झाले ४९ रनको महत्वपूर्ण पारी खेले भने पवन सराफले ३५ तथा मार्क वाटले ३० रन जोडे।

    बलिङ विभागमा काठमाडौँका राशिद खानले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिए। अन्य बलरहरूले पनि कर्णालीको रन गति रोक्न महत्त्वपूर्ण भूमिकाहरू निभाए।

    काठमाडौँको यो जितसँगै टोली अंकतालिकामा थप मजबुत बनेको छ भने कर्णाली याक्स भने निरन्तरता खोजिरहेको अवस्थामा फेरि एक पटक निराशाजनक नतिजा निकाल्न बाध्य भयो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend