logo

२०८३ असोज ७ बुधबार

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) मा सल्लाहकार, उपाध्यक्ष र सदस्य पदमा मनोनयन तथा सपथ ग्रहण सम्पन्न

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) मा सल्लाहकार, उपाध्यक्ष र सदस्य पदमा मनोनयन तथा सपथ ग्रहण सम्पन्न


हाम्रो राष्ट्र
  • सोमबार, १४ पुष २०८२
  • 2K
    SHARES

    काठमाडौं — स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (Free Educational Consultancies’ Organization Nepal – FECON) को विधान बमोजिम कार्यसमितिबाट मनोनयन गर्नुपर्ने सल्लाहकार समिति, एक रिक्त उपाध्यक्ष तथा दुई रिक्त सदस्य पदमा मनोनयन तथा सपथ ग्रहण कार्यक्रम संघको कार्यालयमा सम्पन्न भएको छ।

    कार्यक्रमअनुसार सल्लाहकार समितिमा तीन सदस्य मनोनयन गरिएको छ। सल्लाहकार समितिमा प्रा.डा. खेमबन्धु कोइराला (पूर्व डिन, त्रिभुवन विश्वविद्यालय तथा पूर्व क्याम्पस प्रमुख, महेन्द्ररत्न क्याम्पस, ताहाचल), श्री महेश दाहाल (पूर्व नेपाली राजदूत, अष्ट्रेलिया) तथा श्री नारायण मैनाली (पूर्व नेपाली महावाणिज्यदूत, न्यूयोर्क, अमेरिका) मनोनयन हुनुभएको छ।

    त्यसैगरी, संघको विधानअनुसार कार्यसमितिबाट मनोनयन गर्नुपर्ने एक रिक्त उपाध्यक्ष पदमा School Abroad Pvt. Ltd. का सञ्चालक श्री महेश घिमिरेलाई मनोनयन गरिएको छ। उहाँ अष्ट्रेलियामा व्यावसायिक कार्यविशेषका कारण उक्त दिन कार्यक्रममा उपस्थित हुन सक्नुभएन।

    यसैगरी, दुई रिक्त सदस्य पदमा Global Hub Educational Network का सञ्चालक श्री दर्शन खनाल तथा Expert Multipurpose Education Consultancy का सञ्चालक श्री शिवप्रसाद चौलागाईंलाई मनोनयन गरिएको छ। मनोनित पदाधिकारीहरूले संघको कार्यालयमा आयोजित कार्यक्रममा सपथ ग्रहण पूरा गर्नुभएको छ।

    कार्यक्रममा संघका पदाधिकारीहरूले नवनियुक्त सल्लाहकार तथा सदस्यहरूको अनुभव, विज्ञता र नेतृत्वले संघको संस्थागत सुदृढीकरण, नीतिगत प्रभावकारिता र शैक्षिक परामर्श क्षेत्रको मर्यादा अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) नेपालभर क्रियाशील वैदेशिक अध्ययन परामर्श संस्थाहरूको प्रतिनिधिमूलक संगठन हो। संघले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय र विद्यार्थीमैत्री बनाउने उद्देश्यसहित आचारसंहिता प्रवर्द्धन, नीति पैरवी, क्षमता अभिवृद्धि तथा सरोकारवालासँग सहकार्य गर्दै आएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend