logo

२०८३ असोज ७ बुधबार

ईक्यान कार्यसमिति निर्वाचन २०८२: लक्ष्मण (एन्ड्रयु) पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन

ईक्यान कार्यसमिति निर्वाचन २०८२: लक्ष्मण (एन्ड्रयु) पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन


हाम्रो राष्ट्र
  • सोमबार, २८ पुष २०८२
  • 2.1K
    SHARES

    काठमाडौं, नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को २०८२ सालको कार्यसमिति निर्वाचनबाट लक्ष्मण (एन्ड्रयु) पौडेल अध्यक्षमा निर्वाचित भएका छन्। काठमाडौंमा सम्पन्न ईक्यानको निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो।

     

    अध्यक्षसँगै उपाध्यक्षमा बासुदेब दाहाल, बिकल्प राज पोखरेल र गिता शिवाकोटी, निर्वाचित भएका छन्। महासचिव पदमा भवनाथ हुमागाई विजयी भएका छन्।

     

    यसैगरी सचिवमा सुरज सिलवाल र आशिक कार्की, निर्वाचित भएका छन् भने कोषाध्यक्षमा साधना पुडासैनी, निर्वाचित भएकी छन्। सह-कोषाध्यक्ष पदमा गोविन्द खनाल, विजयी भएका छन्।

     

    कार्यसमिति सदस्यहरूमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोक कुमार हाथी, दिनेश पौडेल, सन्जिब पाण्डे, शिव प्रसाद अर्याल र कमल प्रसाद तिमल्सिना निर्वाचित भएका छन्।

     

    ईक्यानको यो निर्वाचनले आगामी कार्यकालका लागि संस्थागत नेतृत्वलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। विदेश अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय, पारदर्शी र जिम्मेवार शैक्षिक परामर्श सेवा प्रदान गर्ने लक्ष्यका साथ नयाँ कार्यसमितिले काम गर्ने प्रतिबद्धता जनाएको छ।

     

    ईक्यान देशभर शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठनका रूपमा क्रियाशील रहँदै आएको छ।

    News in English-: https://www.educastnepal.com/english/education-news/laxman-poudel-elected-president-of-ecan-bhawanath-humagain-becomes-general-secretary/

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend