logo

२०८३ असोज ७ बुधबार

सरकारले तोकेकै मितिमा निर्वाचन गर्न कांग्रेस तयार : महामन्त्री गगन थापा

सरकारले तोकेकै मितिमा निर्वाचन गर्न कांग्रेस तयार : महामन्त्री गगन थापा


हाम्रो राष्ट्र
  • मंगलबार, २९ पुष २०८२
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले तोकेकै मितिमा निर्वाचन सम्पन्न गर्न कांग्रेसले आवश्यक भूमिका निर्वाह गर्ने बताएका छन्।

    भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा सोमबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री थापाले फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा कांग्रेस स्पष्ट रहेको बताए।

    “नेपाली कांग्रेस पार्टी फागुन २१ गतेको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित हुनुपर्छ भन्ने मान्यता राख्छ,” थापाले भने, “यो निर्वाचन भव्य र सफल बनाउन नेपाली कांग्रेसले आफ्नो भूमिका जिम्मेवारीका साथ निर्वाह गर्नेछ।”

    उनले निर्वाचन लोकतन्त्रको आधार भएकाले यसलाई कुनै पनि बहानामा प्रभावित पार्न नहुने स्पष्ट पारे। कांग्रेस लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै महामन्त्री थापाले सबै पक्षलाई निर्वाचन सफल बनाउन सहयोग गर्न आग्रह गरे।

    विशेष महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत कांग्रेसले आगामी निर्वाचन, पार्टीको भूमिका र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको प्रतिबद्धतालाई पुनः स्पष्ट पारेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend