logo

२०८३ असोज ७ बुधबार

युवा नेता प्रवल थापाको उम्मेदवारी मनोनयनसँगै नेपाली कांग्रेस क्षेत्र नं. १ मा उत्साह र उर्जा

युवा नेता प्रवल थापाको उम्मेदवारी मनोनयनसँगै नेपाली कांग्रेस क्षेत्र नं. १ मा उत्साह र उर्जा


हाम्रो राष्ट्र
  • मंगलबार, ७ माघ २०८२
  • 3.7K
    SHARES

    काठमाडौं : नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. १ मा युवा नेता प्रवाल थापाको सक्रियता र संगठनात्मक भूमिकाले पार्टीभित्र सकारात्मक चर्चा बढ्दै गएको छ। लामो समयदेखि पार्टी संगठन मजबुत बनाउन, जनसम्पर्क विस्तार गर्न तथा स्थानीय समस्यामा निरन्तर खटिँदै आएका थापा युवामाझ लोकप्रिय नेताका रूपमा स्थापित हुँदै गएका छन्।

    पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूका अनुसार प्रवाल थापाले क्षेत्र नं. १ मा नयाँ ऊर्जा, स्पष्ट दृष्टिकोण र जिम्मेवार नेतृत्व प्रदान गर्न सक्ने क्षमता देखाएका छन्। उहाँको निरन्तर सक्रियता र उपस्थितिले पार्टी संगठन थप सशक्त र गतिशील बन्दै गएको कार्यकर्ताहरूको भनाइ छ।

    स्थानीय तहदेखि केन्द्रीय राजनीतिक विषयसम्म स्पष्ट धारणा राख्दै आएका थापाले युवाहरूलाई पार्टीप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताइन्छ। संगठन विस्तार, कार्यकर्ताबीच समन्वय र जनताको आवाज पार्टी नेतृत्वसम्म पुर्‍याउन उहाँको भूमिका प्रभावकारी देखिएको छ।

    आगामी राजनीतिक गतिविधि तथा निर्वाचनलाई मध्यनजर गर्दै क्षेत्र नं. १ मा प्रवाल थापाबाट सकारात्मक परिवर्तन र सशक्त नेतृत्वको अपेक्षा गरिएको छ। नेपाली कांग्रेसभित्र उहाँप्रति बढ्दो समर्थनलाई आगामी दिनमा महत्वपूर्ण राजनीतिक संकेतका रूपमा हेरिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend