logo

२०८३ असोज ७ बुधबार

देशलाई थितिमा राख्न अजयबाबुलाई मत दिन कुन्दन काफ्लेको आग्रह

देशलाई थितिमा राख्न अजयबाबुलाई मत दिन कुन्दन काफ्लेको आग्रह


हाम्रो राष्ट्र
  • सोमबार, २७ माघ २०८२
  • 1.5K
    SHARES

    चरीकोट : नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्व अर्थमन्त्री कुन्दनराज काफ्लेले देशमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीलाई मतदान गर्न सबैलाई आग्रह गरेका छन्।

    भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनालाई कांग्रेसको मुख्य मुद्दा रहेको उल्लेख गर्दै काफ्लेले “रुख चिन्ह” मा मतदान गर्नुपर्नेमा जोड दिएका छन्। उनले अन्य राजनीतिक दललाई लक्षित गर्दै जनताको ठेक्का कसैले लिन नपर्ने र आगामी फागुन २१ गते जनताको मनसाय स्पष्ट देखिने बताए।

    काफ्लेले भने, “भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने र देशलाई थितिमा राख्ने काम कांग्रेसको एजेन्डा हो। यही म्यान्डेट पूरा गर्न रुख चिन्हमा मतदान अनिवार्य छ। हामी २१ गते जनता कसको पक्षमा छन् भनेर देखाइदिन्छौं। त्यसैले कांग्रेसका कार्यकर्ता उच्च मनोबलका साथ, गौरीशङ्कर हिमाल जस्तो शिर ठाडो राखेर अगाडि बढौँ।”

    उनले कार्यकर्तालाई आफ्नै जित सुनिश्चित भइसकेको महसुस गर्दै छाती चौडा पारेर अगाडि बढ्न आह्वान गरेका छन्। पार्टीभित्र पक्ष–विपक्ष हुनु स्वाभाविक भए पनि कांग्रेसको नीति, सिद्धान्त, निष्ठा र दृष्टिकोण सधैं अब्बल रहेको कुरा उनले बारम्बार पुष्टि गरे।

    काफ्लेले गैर–कांग्रेस मतदाताहरुलाई समेत विकास र समृद्धिका लागि रुख चिन्हमा मतदान गर्न आग्रह गर्दै दोलखाको विकास र भविष्यका लागि योग्य उम्मेदवार अजयबाबु शिवाकोटी आवश्यक रहेको बताए।

    उनले थपे, “हामी पार्टी भित्र पक्ष–विपक्ष स्वीकार्छौं, तर नीति, सिद्धान्त र दृष्टिकोणमा कांग्रेस सधैं अब्बल छ। छाती चौडा राखेर अगाडि बढौँ। गैर–कांग्रेस मतदाताले पनि यसपटक विकास चाहन्छन् भने रुख चिन्हमा मतदान गर्नुहोला। कांग्रेस सधैं जनताको सुख–दुःखको साथी रहँदै आएको छ र आगामी दिनमा पनि रहिरहनेछ।”

    काफ्लेले चुनाव जितिसकेको मानसिकता सहित उच्च ऊर्जाका साथ काम गर्न कांग्रेस कार्यकर्तालाई अनुरोध गरेका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend