logo

२०८३ साउन १४ बिहिबार

“कांग्रेस क्षेत्र नं–१, काठमाडौं अन्तरतह समन्वय संयोजकमा लता शाह”

“कांग्रेस क्षेत्र नं–१, काठमाडौं अन्तरतह समन्वय संयोजकमा लता शाह”


हाम्रो राष्ट्र
  • मंगलबार, २८ माघ २०८२
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, काठमाडौं क्षेत्र नं–१ ले पार्टीका कार्यक्रम तथा निर्वाचन केन्द्रित गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन र समन्वय गर्ने उद्देश्यले लता शाह चन्दलाई पार्टी अन्तरतह समन्वय उपसमितिको संयोजकको जिम्मेवारी प्रदान गरेको छ।

    क्षेत्रीय कार्यसमितिद्वारा जारी आधिकारिक पत्रअनुसार केन्द्रीय कार्यालयको परिपत्र बमोजिम विभिन्न तहबीचको समन्वय, संगठनात्मक गतिविधिको व्यवस्थापन तथा अभियानलाई एकीकृत रूपमा अघि बढाउने जिम्मेवारीसहित चन्दलाई संयोजक नियुक्त गरिएको उल्लेख छ।

    पत्रमा उहाँको सक्रियता, संगठनात्मक अनुभव र नेतृत्व क्षमताले पार्टीका कार्यक्रमलाई थप सशक्त र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

    लता शाह चन्द लामो समयदेखि पार्टी संगठन तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ। उहाँले जिम्मेवारी प्राप्त गरेसँगै अन्तरतह समन्वय कार्य अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend