logo

२०८३ असोज ७ बुधबार

रुकुमका राप्रपा नेता कालीबहादुर खत्री कांग्रेसमा प्रवेश

रुकुमका राप्रपा नेता कालीबहादुर खत्री कांग्रेसमा प्रवेश


हाम्रो राष्ट्र
  • शनिबार, २ फाल्गुन २०८२
  • 1.9K
    SHARES

    रुकुम : रुकुम पश्चिम को चौरजहारी नगरपालिकाका पूर्व मेयर उम्मेदवार कालीबहादुर खत्री नेपाली कांग्रेस मा प्रवेश गर्नुभएको छ। २०७९ सालको स्थानीय तह निर्वाचनमा उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी बाट मेयर पदका उम्मेदवार रहनुभएको थियो।

    खत्रीले राप्रपा परित्याग गर्दै कांग्रेस रोजेको जानकारी चौरजहारी नगरपालिका–७ का वडा सभापति खेमप्रकाश शर्माले दिनुभएको हो। मतदाता भेटघाट तथा घरदैलो अभियानका क्रममा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु केसी र कांग्रेस नेता तथा पूर्व राज्यमन्त्री गोपालजीजंग शाह ले उहाँलाई टीका तथा खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो।

    चौरजहारी–७ नार्जी खत्रीगाउँ निवासी ७४ वर्षीय खत्रीले अब कांग्रेसमै आबद्ध भएर पार्टीका उम्मेदवारलाई विजयी गराउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले लोकतन्त्रको सुदृढीकरण, विकास र स्थायित्वका लागि कांग्रेस सक्षम राजनीतिक शक्ति भएको निष्कर्षसहित पार्टी प्रवेश गरेको बताउनुभयो।

    खत्रीले कांग्रेसको सिद्धान्त, नीति र नेतृत्वसँग सहकार्य गर्दै संगठन विस्तार र चुनावी अभियानमा सक्रिय भूमिका खेल्ने उल्लेख गर्नुभयो। साथै उहाँले भ्रष्टाचारविरुद्ध दृढ रूपमा उभिने प्रतिबद्धता दोहोर्‍याउँदै विगतमा सत्तामा रहँदा भएका अनियमितताको छानबिन हुनुपर्ने धारणा राख्नुभयो।

    • गाउँमै बसेर पनि सुशासन र पारदर्शिताको पक्षमा आवाज उठाइरहने उहाँको भनाइ छ। स्थानीय तहको विकास, उत्तरदायित्व र जनसरोकारका विषयलाई केन्द्रमा राखेर काम गर्ने लक्ष्यसहित आफू कांग्रेसमा समाहित भएको उहाँले बताउनुभयो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend