संस्थाका प्रबन्ध निर्देशक योगेश क्षत्रीको ३० वर्षभन्दा बढीको अनुभव र दूरदर्शी नेतृत्वमा एडु–ब्रिजले पारदर्शी प्रक्रिया, नैतिक कार्यशैली र विद्यार्थीमैत्री सेवालाई प्राथमिकतामा राख्दै आएको छ। जसले संस्थाको अन्तर्राष्ट्रिय स्तरमा विश्वसनीयता थप मजबुत बनाएको छ।
काठमाडौँको कमलादीस्थित एपेक्स बिल्डिङको पहिलो तल्लामा रहेको मुख्य कार्यालयबाट सेवा सञ्चालन गर्दै आएको एडु–ब्रिजका शाखाहरू भक्तपुर (मध्यपुर थिमी), ललितपुर (कुमारीपाटी), थानकोट (चन्द्रागिरी–६), नयाँ बानेश्वर, वीरगञ्ज (गीतामन्दिर रोड, मैस्थान चोक), पोखरा (बिरौटा), बनेपा तथा भारतको सिलिगुडीमा सञ्चालनमा छन्। साथै संस्थाले अष्ट्रेलिया र युकेमा समेत आफ्नो उपस्थिति विस्तार गरेको छ।
मुख्य कार्यालयमा ब्रान्च म्यानेजर मिनाक्षी पाठक तथा व्यवसाय विकास प्रमुख अनिल खड्काको नेतृत्वमा युके काउन्सेलर करीना प्रधान, अष्ट्रेलिया काउन्सेलर बेनुका ढुंगाना, क्यानडा काउन्सेलर रश्मि अधिकारी र अमेरिका काउन्सेलर श्वेता आचार्यले आ–आफ्नो देशअनुसार विशेषज्ञ परामर्श प्रदान गरिरहेका छन्।
शिक्षा मन्त्रालयमा दर्ता भई IERIN, NAAER, ब्रिटिश काउन्सिल तथा नेपाल चेम्बर अफ कमर्सका सदस्य रहेको एडु–ब्रिजले गुणस्तरीय, विश्वसनीय र परिणाममुखी सेवा प्रदान गर्दै आएको जनाएको छ।