logo

२०८३ असोज ७ बुधबार

स्थानीयसँग प्रत्यक्ष संवाद: वडा नं. ११ मा प्रबल थापाको घरदैलो अभियान तीव्र

स्थानीयसँग प्रत्यक्ष संवाद: वडा नं. ११ मा प्रबल थापाको घरदैलो अभियान तीव्र


हाम्रो राष्ट्र
  • बिहिबार, ७ फाल्गुन २०८२
  • 1.6K
    SHARES

    काठमाडौं । काठमाडौं क्षेत्र नं. १ अन्तर्गत वडा नं. ११ को सुन्धारादेखि भोटेबहालसम्म नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापाले आज घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलोका क्रममा स्थानीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरिएको थियो।

    उम्मेदवार थापाले आफू यही क्षेत्रमा जन्मेको र हुर्केको उल्लेख गर्दै स्थानीय समस्यालाई नजिकबाट बुझेको बताएका छन्। उनले क्षेत्रको समग्र विकास र प्रभावकारी नेतृत्वका लागि मतदातासँग समर्थन तथा मतको अपिल गरेका थिए। “यहाँका समस्या सुन्दै, समाधानको प्रतिबद्धतासहित अघि बढिरहेका छौँ,” उनले बताए।

    घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाबाट सुझाव, साथ र आशीर्वाद प्राप्त भएको जनाइएको छ। मतदातासँगको प्रत्यक्ष संवादले चुनावी माहोल थप उत्साहित बन्दै गएको सहभागीहरूले बताएका छन्।

    नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका थापाले अभियानलाई निरन्तरता दिँदै क्षेत्रका विभिन्न टोलमा घरदैलो कार्यक्रम निरन्तर गर्ने बताएका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend