logo

२०८३ असोज ७ बुधबार

राइटपाथको ‘मल्टि–डेस्टिनेसन युनिभर्सिटी कनेक्ट २०२६’ सम्पन्न, ३० भन्दा बढी विदेशी विश्वविद्यालय सहभागी

राइटपाथको ‘मल्टि–डेस्टिनेसन युनिभर्सिटी कनेक्ट २०२६’ सम्पन्न, ३० भन्दा बढी विदेशी विश्वविद्यालय सहभागी


हाम्रो राष्ट्र
  • आइतबार, १० फाल्गुन २०८२
  • 1.5K
    SHARES

    काठमाडौं । पुतलीसडकस्थित प्रधान कार्यालय रहेको शैक्षिक परामर्शदाता संस्था Rightpath Career Counselling ले आयोजना गरेको ‘मल्टि–डेस्टिनेसन युनिभर्सिटी कनेक्ट २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।

    कार्यक्रममा अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियाका ३० भन्दा बढी विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन भएको कार्यक्रममा विदेश अध्ययनको योजना बनाइरहेका नेपाली विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    कार्यक्रममा Leeds Beckett University का Regional Manager Kunal Hulbe ले बेलायतको उच्च शिक्षाको वर्तमान अवस्था, अध्ययन अवसर, करियर सम्भावना तथा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपलब्ध सहुलियतबारे जानकारी गराएका थिए। उनले यस्ता बहु–गन्तव्य शैक्षिक कार्यक्रमले विद्यार्थीलाई सही निर्णय लिन सहयोग पुग्ने बताए।

    कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष संवाद, वान–टु–वान काउन्सिलिङ, अन–स्पट प्रोफाइल मूल्याङ्कन तथा सम्भावित एडमिसन र छात्रवृत्ति अवसरबारे प्रत्यक्ष जानकारी उपलब्ध गराउनु रहेको आयोजकले जनाएको छ। सहभागी विद्यार्थीहरूले स्नातक, स्नातकोत्तर तथा उच्च अध्ययनका लागि ५० प्रतिशतसम्म छात्रवृत्ति अवसरबारे जानकारी लिएका थिए।

    कार्यक्रममा बोल्दै Educational Consultancy Association of Nepal (ECAN) का अध्यक्ष Laxman Paudel ले यस्ता शैक्षिक मेलाले विद्यार्थीलाई सुरक्षित, पारदर्शी र सूचनामूलक वातावरणमा विदेश अध्ययनको निर्णय लिन सहयोग पुग्ने बताए।

    कार्यक्रमको समापनमा Rightpath Career Counselling का CEO तथा Founder Philip DC ले कार्यक्रममा सहभागी सबै विश्वविद्यालय प्रतिनिधि, विद्यार्थी तथा सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गरे। उनले विद्यार्थीहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहभागी विद्यार्थीहरूलाई विशेष उपहार (special gifts) समेत प्रदान गरिएको जानकारी दिए।

    एउटै छानामुनि बहु–गन्तव्यका विश्वविद्यालयसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसरले विद्यार्थीहरूमा उत्साह र आत्मविश्वास थपिएको आयोजकको भनाइ छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend