logo

२०८३ साउन १४ बिहिबार

आईसीसी एकदिवसीय वरीयतामा नेपालको एक स्थान सुधार

आईसीसी एकदिवसीय वरीयतामा नेपालको एक स्थान सुधार


हाम्रो राष्ट्र
  • बुधबार, ८ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । गत साता एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको नेपालले आईसीसी एकदिवसीय वरीयतामा एक स्थान सुधार गरेको छ । यसअघि १६ औं स्थानमा रहेको नेपालले एक स्थान सुधार गरेको हो ।

    नेपालले ओमानलाई पछि पारेको छ । पछिल्लो एक वर्षमा खेलेका ४० एकदिवशीयमा नेपालले १२३८ अंक जोडेको छ भने ३१ रेटिङ प्वाइन्ट पाएको छ । ओमानसँग समान रेटिङ भए पनि नेपालले अंकका आधारमा उछिनेको हो ।

    गएको एक महिनामा नेपालले १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दा ११ जित निकालेको थियो । एकदिवसीय वरीयताको शीर्ष स्थानमा भारत यथावत छ । टेष्ट मान्यताप्राप्त १३ देशहरु सुरुवाती १३ वरीयतामा रहँदा नेपालभन्दा अगाडि रहेको एशोसिएट टोली नेदरल्याण्ड्समात्र हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend