logo

२०८३ असोज ७ बुधबार

१६० भन्दा बढी विद्यार्थी उद्यमीको सहभागितामा ‘हल्ट प्राइज नेपाल नेशनल २०२६

१६० भन्दा बढी विद्यार्थी उद्यमीको सहभागितामा ‘हल्ट प्राइज नेपाल नेशनल २०२६


हाम्रो राष्ट्र
  • बिहिबार, २४ बैशाख २०८३
  • 949
    SHARES

    ललितपुर, नेपालका विद्यार्थी उद्यमीहरूको प्रतिभा, नवप्रवर्तन र सामाजिक उद्यमशीलतालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यले हल्ट प्राइज नेपाल नेशनल २०२६ आयोजना हुने भएको छ। British Council नेपालद्वारा प्रस्तुत तथा UBA Solutions Pvt. Ltd. द्वारा होस्ट गरिएको उक्त प्रतियोगिता वैशाख २६ गते, २०८३ (मे ९, २०२६) शनिबार सम्पन्न हुनेछ। कार्यक्रममा जुपिटर मिडिया आधिकारिक मिडिया पार्टनरको रूपमा आबद्ध भएको छ।

    प्रतियोगिता एकै दिन दुई चरणमा सञ्चालन हुनेछ। प्रारम्भिक चरण Embark College, कुपन्डोल मा हुनेछ, जहाँ सहभागी टोलीहरूले आफ्ना सामाजिक उद्यम सम्बन्धी आइडिया प्रस्तुत गर्नेछन्। प्रारम्भिक चरणबाट छनोट भएका उत्कृष्ट टोलीहरू St. Xavier’s School, जावलाखेल मा हुने ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन्।

    राष्ट्रिय प्रतियोगिताको नेतृत्व Riyaj Nepal, नेशनल कोअर्डिनेटर तथा Saisha Shrestha, नेशनल कम्युनिटी कोअर्डिनेटरले गरिरहेका छन्।

    यस वर्षको प्रतियोगितामा नेपालभरका ४० भन्दा बढी कलेजबाट छनोट भएका १६० भन्दा बढी विद्यार्थी उद्यमीहरू सहभागी हुनेछन्। उनीहरू अन-क्याम्पस कार्यक्रम तथा ओपन एप्लिकेशनमार्फत राष्ट्रिय चरणमा प्रवेश गरेका हुन्।

    प्रतियोगितामा सहभागी टोलीहरूले यस वर्षको थिम “Unlimited” अन्तर्गत United Nations Sustainable Development Goals (SDGs) सँग सम्बन्धित सामाजिक तथा दिगो समाधानमा आधारित व्यवसायिक अवधारणाहरू प्रस्तुत गर्नेछन्।

    प्रतियोगिताको विजेता टोलीले Hult Prize Digital Incubator मा प्रवेश पाउनेछ र त्यसपछि ग्लोबल एक्सेलेरेटर हुँदै अन्तिम चरण London मा आयोजना हुने ग्लोबल फाइनलसम्म पुग्ने अवसर प्राप्त गर्नेछ।

    गत वर्ष Shrisha Panday नेतृत्वको Team Vayudrishti ले AI-आधारित वायु गुणस्तर मापन तथा शुद्धीकरण प्रणाली प्रस्तुत गर्दै राष्ट्रिय उपाधि जितेको थियो। उक्त टोली Saraswati Multiple Campus बाट प्रतिनिधित्व गरेको थियो।

    विश्वकै ठूला विद्यार्थी उद्यमशीलता प्रतियोगितामध्ये एक मानिने Hult Prize ले ग्लोबल विजेता टोलीलाई १० लाख अमेरिकी डलर (USD 1 Million) सम्मको seed funding प्रदान गर्दै युवा उद्यमीलाई व्यवसायिक यात्रा सुरु गर्न सहयोग गर्दै आएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend