logo

२०८३ साउन १४ बिहिबार

गोल्डेन गेट ‘अब्रॉड एक्सपो – सिजन ४’: नेपाली विद्यार्थीका लागि वैदेशिक शिक्षाको सुनौलो अवसर

गोल्डेन गेट ‘अब्रॉड एक्सपो – सिजन ४’: नेपाली विद्यार्थीका लागि वैदेशिक शिक्षाको सुनौलो अवसर


हाम्रो राष्ट्र
  • बिहिबार, २४ बैशाख २०८३
  • 923
    SHARES

    काठमाडौँ – गोल्डेन गेट स्टडी अब्रोडकी निर्देशक सजिता पोखरेलले आगामी मे २२, २०२६ (जेठ ८ गते) काठमाडौँमा आयोजना हुने ‘अब्रॉड एक्सपो – सिजन ४’ को विशेष तयारी पूरा भएको जानकारी दिँदै सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई निमन्त्रणा गर्नुभएको छ। काठमाडौँको पुतलीसडकस्थित गोल्डेन गेटकै प्राङ्गणमा आयोजना हुने यो मेला नेपालकै ठूलो र प्रतिष्ठित शैक्षिक मेलाहरू मध्ये एक मानिन्छ।

    निर्देशक पोखरेलका अनुसार, यस एक्सपोको मुख्य उद्देश्य वैदेशिक शिक्षाको खोजीमा रहेका नेपाली विद्यार्थीहरूलाई सही र आधिकारिक सूचना प्रदान गर्नु हो। कार्यक्रममा विद्यार्थीहरूले अष्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिका र आयरल्यान्ड जस्ता देशका उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष (१–अन–१) भेटघाट गर्न पाउनेछन्। यस पटकको मेलामा विद्यार्थीहरूले भर्ना प्रक्रिया, भिसा सम्बन्धी परामर्श, र विशेष छात्रवृत्तिका अवसरहरूबारे स्थलगत रूपमै जानकारी लिन सक्ने पोखरेलले बताउनुभयो।

    विशेष आकर्षणका रूपमा एक्सपोमा सहभागी हुने विद्यार्थीहरूका लागि निःशुल्क IELTS र PTE कक्षाहरूको व्यवस्था गरिएको छ। साथै, आर्थिक भार कम गर्ने उद्देश्यले मात्र रु. २,०८३ मा IELTS सिम टेस्ट (Mock Test) दिने सुविधा र ‘जीरो प्रोसेसिङ’ शुल्कको अफर समेत राखिएको छ। मेलालाई थप मनोरञ्जनात्मक बनाउन लक्की ड्र मार्फत मुभी टिकट, उपहार सामग्री र भाग्यशाली विजेताका लागि ‘फ्री फ्लाइट टिकट’ को समेत व्यवस्था गरिएको छ।

    निर्देशक सजिला पोखरेलले वैदेशिक अध्ययनको सपना देख्ने हरेक विद्यार्थीका लागि यो एक्सपो एकै ठाउँमा सबै समाधान पाउने उत्कृष्ट थलो हुने विश्वास व्यक्त गर्नुभएको छ। सिमित सिट संख्या भएकाले इच्छुक विद्यार्थीहरूलाई समयमै दर्ता गर्न समेत उहाँले आग्रह गर्नुभएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend