logo

२०८३ साउन १३ बुधबार

२२ वर्षको सफल यात्रासँगै ग्लोबल म्यानेजमेन्ट फाउन्डेसनद्वारा श्रावण विशेष छुट घोषणा

२२ वर्षको सफल यात्रासँगै ग्लोबल म्यानेजमेन्ट फाउन्डेसनद्वारा श्रावण विशेष छुट घोषणा


हाम्रो राष्ट्र
  • मंगलबार, १२ साउन २०८३
  • 2.5K
    SHARES

    काठमाडौं। अन्तर्राष्ट्रिय शिक्षा परामर्श तथा भाषा शिक्षण क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सेवा प्रदान गर्दै आएको ग्लोबल म्यानेजमेन्ट फाउन्डेसन (GMF) प्रा.लि. ले आफ्नो २२औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ। सन् २००५ मा स्थापना भएको संस्थाले २२ वर्षे सफल यात्राको अवसरमा विद्यार्थी, अभिभावक, साझेदार तथा कर्मचारीहरूको सहभागितामा वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो।

    कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल म्यानेजमेन्ट फाउन्डेसनका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायण प्रसाद सापकोटाले विगत २२ वर्षको यात्रामा संस्थाप्रति विश्वास र साथ दिने सम्पूर्ण विद्यार्थी, अभिभावक, शैक्षिक साझेदार, कर्मचारी तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरे। उनले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा परामर्श, व्यावसायिक मार्गदर्शन तथा उत्कृष्ट विद्यार्थी सेवामार्फत संस्थाले आफ्नो प्रतिबद्धतालाई अझ सशक्त बनाउँदै लैजाने बताए।

    वार्षिकोत्सवको अवसरमा संस्थाले श्रावण महिनाभर नयाँ भर्ना हुने विद्यार्थीहरूका लागि विशेष छुट योजना समेत सार्वजनिक गरेको छ। संस्थाका अनुसार यो योजना भाषा कक्षा, टेस्ट प्रिपरेशन तथा अध्ययन परामर्श सेवामा लागू हुनेछ।

    नेपालमा विशेषगरी जापानी भाषा कक्षा तथा जापान अध्ययन परामर्शका लागि परिचित ग्लोबल म्यानेजमेन्ट फाउन्डेसनले पछिल्ला वर्षहरूमा आफ्नो सेवा विस्तार गर्दै अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका, न्यूजिल्याण्ड, दक्षिण कोरिया लगायतका लोकप्रिय अध्ययन गन्तव्यहरूका लागि शिक्षा परामर्श उपलब्ध गराउँदै आएको जनाएको छ।

    त्यसैगरी, संस्थाले IELTS, PTE, TOEFL, JLPT लगायतका अन्तर्राष्ट्रिय स्तरका भाषा तथा क्षमता परीक्षणका लागि अत्याधुनिक (हाई–टेक) टेस्ट प्रिपरेशन सेवा समेत सञ्चालन गरिरहेको छ। महाराजगञ्जस्थित आफ्नै आधुनिक प्रशिक्षण केन्द्रबाट विद्यार्थीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको तयारी गराउँदै आएको संस्थाले जनाएको छ।

    महाराजगञ्ज, नारायणगोपाल चोकस्थित महालक्ष्मी आवाले भवनको चौथो तलाबाट सञ्चालन हुँदै आएको ग्लोबल म्यानेजमेन्ट फाउन्डेसनले आगामी वर्षहरूमा पनि गुणस्तरीय, विश्वसनीय र विद्यार्थीमैत्री सेवा प्रदान गर्दै नेपाली विद्यार्थीहरूको अन्तर्राष्ट्रिय शैक्षिक यात्रालाई अझ सहज र सफल बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend