काठमाडौं, साउन १९, नेपाली विद्यार्थीलाई भारतका उत्कृष्ट शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययनका अवसरबारे जानकारी गराउने उद्देश्यले इन्डो वर्ल्ड एजुकेशनल कन्सल्टेन्सी प्रा.लि.ले साउन १८ गते (अगस्ट ३, २०२६) काठमाडौंमा ‘स्टडी इन इन्डिया इन्फर्मेसन सेसन’ सफलतापूर्वक आयोजना गरेको छ।
कार्यक्रममा भारतका तीन प्रतिष्ठित उच्च शिक्षण संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। उनीहरूले आफ्नो संस्थामा उपलब्ध शैक्षिक कार्यक्रम, छात्रवृत्ति, भर्ना प्रक्रिया, अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपलब्ध सेवा–सुविधा, आवास व्यवस्था तथा अध्ययनपछिका करियर अवसरबारे विस्तृत जानकारी दिएका थिए।
इन्डो वर्ल्ड एजुकेशनल कन्सल्टेन्सीका संस्थापक तथा कार्यकारी अध्यक्ष शिवप्रसाद अर्यालले भारत नेपाली विद्यार्थीका लागि गुणस्तरीय र विश्वासिलो अध्ययन गन्तव्यका रूपमा स्थापित हुँदै गएको उल्लेख गरे।
उनले भने, “विश्वस्तरीय विश्वविद्यालय, किफायती शुल्क, सांस्कृतिक निकटता तथा उत्कृष्ट रोजगारीका अवसरका कारण भारत नेपाली विद्यार्थीको पहिलो रोजाइ बन्दै गएको छ। इन्डो वर्ल्डले विश्वविद्यालय छनोटदेखि भर्ना प्रक्रिया, भिसा सहयोग तथा प्रि–डिपार्चर काउन्सेलिङसम्म सम्पूर्ण सेवा प्रदान गर्दै विद्यार्थीलाई सही निर्णय लिन सहयोग गरिरहेको छ।”
हिन्दुस्थान एजुकेशनल इन्स्टिच्युसन्सका पब्लिक रिलेसन्स अफिसर **श्याम शर्मा एस.**ले आफ्नो संस्थाले अन्तर्राष्ट्रिय स्तरका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। उनले नेपाली विद्यार्थीका लागि आकर्षक छात्रवृत्ति, शैक्षिक सहयोग, सुरक्षित आवास तथा आधुनिक क्याम्पस वातावरण उपलब्ध गराइने बताए।
त्यसैगरी राजलक्ष्मी इन्जिनियरिङ कलेजका इन्टरनेसनल रिलेसन्स म्यानेजर अरविन्द शिवमणिले संस्थाले अनुसन्धान, नवप्रवर्तन, आधुनिक प्रयोगशाला, अनुभवी प्राध्यापक, उद्योगसँगको सहकार्य तथा उत्कृष्ट प्लेसमेन्ट प्रणालीमार्फत अन्तर्राष्ट्रिय स्तरको इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आएको बताए। नेपाली विद्यार्थीले इन्टर्नसिप, अनुसन्धान तथा विश्वव्यापी करियर निर्माणका अवसर प्राप्त गर्ने उनले उल्लेख गरे।
थापर इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका एडमिसन्स एण्ड स्टुडेन्ट इन्गेजमेन्ट प्रतिनिधि उमेश्वर ढिल्लोंले संस्थाको अन्तर्राष्ट्रिय प्रतिष्ठा, अनुसन्धानमुखी शिक्षा, उद्योगमैत्री पाठ्यक्रम तथा बहुराष्ट्रिय कम्पनीहरूसँगको उत्कृष्ट प्लेसमेन्ट प्रणालीबारे जानकारी गराए। उनले नेपाली विद्यार्थीलाई स्नातक तथा स्नातकोत्तर तहका विविध कार्यक्रम अध्ययनका लागि आवेदन दिन आग्रह गरे।
कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकले भर्ना प्रक्रिया, छात्रवृत्ति, शैक्षिक कार्यक्रम, आवास, विद्यार्थी सहायता सेवा, इन्टर्नसिप तथा अध्ययनपछिका रोजगारीका सम्भावनाबारे जिज्ञासा राखेका थिए। सहभागी संस्थाका प्रतिनिधिहरूले सबै प्रश्नको विस्तृत रूपमा जवाफ दिँदै भारतमा अध्ययनका विविध अवसरबारे स्पष्ट जानकारी प्रदान गरेका थिए।
कार्यक्रमको समापनमा वक्ताहरूले विद्यार्थीलाई आफ्नो रुचि, क्षमता तथा भविष्यको करियर लक्ष्यलाई ध्यानमा राखेर उपयुक्त शैक्षिक संस्था छनोट गर्न आग्रह गरे। इन्डो वर्ल्ड एजुकेशनल कन्सल्टेन्सीले नेपाली विद्यार्थीलाई भर्ना प्रक्रिया सुरु भएदेखि अध्ययनका लागि प्रस्थान गर्नेसम्म आवश्यक सम्पूर्ण परामर्श र सहजीकरण सेवा निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
इन्डो वर्ल्ड एजुकेशनल कन्सल्टेन्सी प्रा.लि.को कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित न्यु प्लाजामा रहेको छ। कन्सल्टेन्सीमार्फत नेपाली विद्यार्थीले हिन्दुस्थान एजुकेशनल इन्स्टिच्युसन्स, राजलक्ष्मी इन्जिनियरिङ कलेज तथा थापर इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी लगायत भारतका विभिन्न प्रतिष्ठित शैक्षिक संस्थामा उपलब्ध इन्जिनियरिङ, व्यवस्थापन, सूचना प्रविधि, स्वास्थ्य विज्ञान तथा अन्य प्राविधिक कार्यक्रम, छात्रवृत्ति तथा भर्नासम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सक्ने जनाइएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend