logo

२०८३ असोज ६ मंगलबार

रोजेट्टा एजुकेसन र क्यामाड कलेजबीच विद्यार्थीको करिअर तयारीका लागि सम्झौता

रोजेट्टा एजुकेसन र क्यामाड कलेजबीच विद्यार्थीको करिअर तयारीका लागि सम्झौता


हाम्रो राष्ट्र
  • बुधबार, ३ भाद्र २०८३
  • 2.3K
    SHARES

    काठमाडौँको पुतलीसडकमा रहेको रोजेट्टा एजुकेसन इन्टरनेसनल र तिनकुनेस्थित क्यामाड कलेजबीच विद्यार्थीहरूलाई व्यावसायिक क्षेत्रमा जोड्ने उद्देश्यले एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ।

    यस सम्झौता अनुसार रोजेट्टा एजुकेसनले क्यामाड कलेजका अध्ययनरत विद्यार्थी तथा स्नातक तह पुरा गरेका विद्यार्थीहरूका लागि आधिकारिक ‘अपर्चुनिटी फेसिलिटेसन पार्टनर’का रूपमा कार्य गर्नेछ। यस सहकार्यले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक तालिम, इन्टर्नसिप, करिअर काउन्सिलिङ र रोजगारीका अवसरहरूसँग प्रत्यक्ष जोड्न मद्दत पुर्‍याउनेछ।

    उक्त समझदारी पत्रमा रोजेट्टा एजुकेसनका प्रबन्ध निर्देशक प्रबिन पौडेल र क्यामाड कलेजका प्रिन्सिपल काशीनाथ खनालले औपचारिक हस्ताक्षर गर्नुभएको छ। दुवै संस्थाले शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीहरूलाई बजारको माग अनुसार दक्ष र प्रतिस्पर्धी बनाउन पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend