logo

२०८३ असोज ६ मंगलबार

विपत् र कठिन समयमा निरन्तर सामाजिक सेवामा रियल ड्रिम्स: बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको तत्काल राहत र उद्धारका लागि सहयोग

विपत् र कठिन समयमा निरन्तर सामाजिक सेवामा रियल ड्रिम्स: बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको तत्काल राहत र उद्धारका लागि सहयोग


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ भाद्र २०८३
  • 559
    SHARES

    काठमाडौँ, रियल ड्रिम्स एजुकेसनल कन्सल्टेन्सीले प्रतिबद्धता जनाए अनुसार रु. २,५१,०००/- (दुई लाख एकाउन्न हजार रुपैयाँ) रकम औपचारिक रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा (ट्रान्सफर) गरेको छ।

    रसुवाको भोटेकोशी क्षेत्र लगायत स्थानमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको तत्काल राहत, उद्धार र पुनर्स्थापनाका लागि उक्त रकम जम्मा गरिएको हो। आपत्कालीन समय र राष्ट्रिय विपद्का बेला निरन्तर सहयोग गर्दै आएको रियल ड्रिम्सले यसअघि पनि विनाशकारी भूकम्पका बेला राहत सामग्री तथा अस्थायी आवास निर्माण, भोक उन्मूलनका लागि खाद्यान्न सहयोग र बालबालिकाको बाल शिक्षाका लागि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ।

    रकम हस्तान्तरण गर्दै संस्थाले आगामी दिनहरूमा पनि प्राकृतिक विपत्ति र शिक्षाको क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व (CSR) निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend