logo

२०८३ साउन १४ बिहिबार

श्रीलङ्कामा स्थानीय परिषद्को निर्वाचन अनिश्चितकालका लागि स्थगित

श्रीलङ्कामा स्थानीय परिषद्को निर्वाचन अनिश्चितकालका लागि स्थगित


हाम्रो राष्ट्र
  • शुक्रबार, १० चैत्र २०७९
  • 936
    SHARES

    श्रीलङ्काको निर्वाचन आयोगले स्थानीय परिषद्को निर्वाचन अनिश्चितकालका लागि स्थगन गरिएको घोषणा गरेको छ । निर्वाचन आयुक्त समन श्री रत्नायकेले निर्वाचन कहिले गर्ने भन्ने विषयमा आयोगबीच सहमति हुन नसकेको बताए ।

    आयोगले चाँडै नै राजनीतिक दलका प्रतिनिधिसँग कुरा गर्ने र त्यसपछि उनीहरूका वकिलसँग भावी कार्ययोजनाका बारेमा परामर्श गर्ने उनले बताए ।

    स्थानीय परिषद्को निर्वाचन सुरुमा मार्च ९ का लागि तय गरिएको थियो तर ट्रेजरीले रकम उपलब्ध नगराएपछि अप्रिल २५ का लागि सारिएको थियो । ीलङ्कामा स्थानीय निकायको निर्वाचन चार वर्षमा एकपटक हुने संवैधानिक व्यवस्था छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend