logo

२०८३ असोज ७ बुधबार

राहुल गान्धीको लोकसभा सदस्यको पद खारेज

राहुल गान्धीको लोकसभा सदस्यको पद खारेज


हाम्रो राष्ट्र
  • शुक्रबार, १० चैत्र २०७९
  • 1.2K
    SHARES

    भारतमा कंग्रेस नेता राहुल गान्धीको लोकसभाको सदस्यको पद खारेज गरिएको छ । लोकसभा सचिवालयले एक सूचना जारी गर्दै पद खारेज भएको जनाएको हो ।

    यसअघि बिहीबार राहुललाई सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको घटनामा २ वर्षको सजाय सुनाएको थियो । अदालतले गान्धीलाई १५ हजार जरिवाना पनि तोकेको छ ।

    तर उनलाई फैसलाविरुद्ध अदालतमा अपिल गर्नका लागि एक महिनाको समय दिइएको छ । सन् २०१९ मा गान्धीले मोदी थरलाई लिएर एउटा टिप्पणी गरेका थिए । मुद्दाको सुनुवाइ भइरहेका बेला राहुल सुरत अदालतमा उपस्थितसमेत थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend