logo

२०८३ असोज ७ बुधबार

ओलम्पिक छनोटमा नेपाल र भियतनामबीच मात्र प्रतिस्पर्धा हुने

ओलम्पिक छनोटमा नेपाल र भियतनामबीच मात्र प्रतिस्पर्धा हुने


हाम्रो राष्ट्र
  • सोमबार, १३ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ ।

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने प्रतियोगितामा नेपाल र भियतनामको महिला फुटबल टोलीको सहभागिता रहनेछ । नेपालको समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि रहेका भए पनि दुवैले प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएपछि दुई नेपाल र भियतनामबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो ।

    उक्त समूहको विजेता टोली महिला ओलम्पिक फुटबलको दोस्रो चरणमा पुग्नेछ । एशियाली राष्ट्रलाई विभिन्न सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता टोली दोस्रो चरणमा पुग्नेछ । नेपालमा आयोजना हुने पहिलो चरणको खेल यही चैत २२ र २५ गते दशरथ रङ्शालामा हुनेछ ।

    खेल हेर्ने दर्शकका लागि साधारण टिकटको मूल्य प्यारापिटतर्फ तीन सय र भिआइपी प्यारापिटतर्फ रु एक हजार कायम गरिएको एन्फाले जनाएको छ । प्रतियोगिताका लागि करिब ४३ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend