logo

२०८३ असोज ७ बुधबार

युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान

युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान


हाम्रो राष्ट्र
  • मंगलबार, १४ चैत्र २०७९
  • 1.5K
    SHARES

    जर्मनीले युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान गरेको छ । युक्रेनलाई हतियार सहायता गर्ने जर्मनीको प्रतिबद्धताअनुसार लियोपार्ड–२ ट्याङ्कको पहिलो खेप किएभ पठाइएको रक्षा मन्त्रालयले जनाएको छ ।

    युक्रेनी टोलीलाई लियोपार्ड–२ ट्याङ्क प्रयोग र सञ्चालनको प्रशिक्षण दिएपछि पहिलो खेपमा १८ वटा अत्याधुनिक युद्ध ट्याङ्क पठाइएको रक्षामन्त्री बोरिस पिस्टोरियसले बताउनुभएको छ । गत जनवरीमा जर्मनीले युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान गर्ने आश्वासन दिएको थियो ।

    “हाम्रा युक्रेनी साथीहरूले ट्याङ्क प्राप्त गुर्नभएको छ , लामो समयसम्म हाम्रो सेनाले युक्रेनी पक्षलाई ट्याङ्क प्रयोग र सञ्चालनको प्रशिक्षण दिएको थियो,” रक्षामन्त्री पिस्टोयिसले भनेका छन् ।

    किएभबाट प्राप्त समाचारअनुसार बेलायतले प्रदान गरेका च्यालेञ्जर–२ ट्याङ्क पनि युक्रेन पुगेका छन् ।

    गत वर्ष रुसले आफूमाथि आक्रमण गरेपछि युक्रेनले आफ्ना समर्थक मुलुकसँग थप आधुनिक सवारी साधन र हतियार माग गर्दै आएको थियो ।

    बेलायतबाट आफूलाई लियोपार्ड–२ प्राप्त भएको सम्बन्धमा किएभले कुनै जानकारी नदिए पनि च्यालेञ्जर–२ ट्याङ्क प्राप्त गरेको पुष्टि गरेको छ ।

    बेलायतको रक्षा मन्त्रालयका प्रवक्ता इरिना जोलोटारले च्यालेञ्जर–२ ट्याङ्क युक्रेन पुगेका जानकारी दिँदै युक्रेनी सैन्य टोलीले ट्याङ्क सञ्चालनको तालिम बेलायतमा लिएको बताएका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend