logo

२०८३ साउन १४ बिहिबार

नेपाल बंगलादेशसँग बराबरीमा रोकियो

नेपाल बंगलादेशसँग बराबरीमा रोकियो


हाम्रो राष्ट्र
  • मंगलबार, १४ चैत्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेपालको यू–१७ महिला टोली साफ च्याम्पियनसिप फुटबलमा घरेलु टोली बंगलादेशसँग बराबरीमा रोकिएको छ । मंगलबार भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिन पुग्यो ।

    आठौं मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । एक गोलले पछि परेपनि लगातार नेपालमाथि दबाब बनाएको बंगलादेशले ७५ औं मिनेटमा बराबरी गोल गरेको थियो ।

    बंगलादेशका लागि सागोरिकाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । बराबरीपछि नेपाल ४ खेलबाट ४ अंक जोडेर चौंथो स्थानमा रह्यो । बंगलादेशले ४ खेलमा ७ अंक जोडेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend