logo

२०८३ असोज ७ बुधबार

म्यानमारको सैन्य शासकद्वारा ४० राजनीतिक दलको वैधता खारेज

म्यानमारको सैन्य शासकद्वारा ४० राजनीतिक दलको वैधता खारेज


हाम्रो राष्ट्र
  • बिहिबार, १६ चैत्र २०७९
  • 1.8K
    SHARES

    म्यानमारको सैन्य शासकले त्यहाँका ४० राजनीतिक दलको वैधतालाई खारेज गरिदिएको छ । सेना प्रमुख मिन अङ लाइङले विरोधीलाई सिध्याइदिने धम्की दिएको केही दिनमै त्यहाँको जुन्ता शासकले राजनीतिक पार्टीहरूलाई खारेज गरिदिएको हो ।

    नोबल शान्ति पुरस्कार पाएकी आङसाङ सूचीको नेशनल लिग फर डेमोक्रेसी पार्टीको वैधता पनि खारेज भएको छ । अमेरिकाले सैन्य शासकको यस्तो गतिविधिको विरोध जनाएको छ ।

    सेना नियन्त्रित निर्वाचन आयोगकका अनुसार सूचीको पार्टी र अन्य पार्टीहरूले सैन्य शासनअनुसार पार्टी पुनः दर्ता नगरेका कारण उनीहरूको वैधता खारेज गर्नु परेको हो ।

    सन् २०२१ फेब्रुअरीमा सूचीको पार्टीको सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएको थियो । यतिबेला सेनाले चुनावको आह्वान त गरेको छ तर त्यहाँ चुनाव लड्ने पार्टीहरू खारेज भएपछि यस कार्यलाई सेनाको सत्तामै बस्ने चाहनाको रूपमा हेरिएको छ ।

    केही दिनअगाडि मात्र सैन्य सरकारका प्रमुख जनरल मिन अङ लाइङले सैनिक शासनको विरोध गर्नेहरू आतंकवादी भएको बताएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend