logo

२०८३ असोज ७ बुधबार

तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ

तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ


हाम्रो राष्ट्र
  • शुक्रबार, १७ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं।  नेपाली बजारमा सुनचाँदीको मूल्य शुक्रबार बढेको छ। बिहीबार प्रतितोला ३०० रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    बिहीबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend