logo

२०८३ असोज ७ बुधबार

राजस्थानसँग हैदराबाद ७२ रनले पराजित

राजस्थानसँग हैदराबाद ७२ रनले पराजित


हाम्रो राष्ट्र
  • आइतबार, १९ चैत्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । आइतबार भएको पहिलो खेलमा राजस्थानले हैदराबादलाई ७२ रनले पराजित गरेको हो ।

    राजस्थानले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनायो । उसका लागि अब्दुल समादले नटआउट ३२ र मयंक अग्रवालले २७ रन बनाए । राजस्थानका युजवेन्द्र चहलले ४ र ट्रेन्ट बोल्टले २ विकेट लिए ।

    यसअघि हैदराबादमा टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका लागि सन्जु सामसनले ५५ तथा यशस्वी जयसवाल र जस बटलरले ५४र५४ रन बनाए । हैदरावादका थंगरसु नटराजन र फजलहक फरुकीले २र२ विकेट लिए ।

    यो जितसँगै राजस्थान २ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजय भोगेको हैदराबाद तालिकाको पुछारमा छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend