logo

२०८३ साउन १४ बिहिबार

महासंघद्वारा निर्माण व्यवसायीको रकम भुक्तानी नभएकोतर्फ अर्थमन्त्रीको ध्यानाकर्षण

महासंघद्वारा निर्माण व्यवसायीको रकम भुक्तानी नभएकोतर्फ अर्थमन्त्रीको ध्यानाकर्षण


हाम्रो राष्ट्र
  • बुधबार, २२ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे अर्थमन्त्रीलाई जानकारी गराएको छ । महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. प्रकाशशरण महत समक्ष निर्माण उद्योग असहज अवस्थामा रहेको अवगत गराउँर्दै समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ ।

    निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद ऐन बमोजिम पाउनु पर्ने बीस प्रतिशत मोबिलाइजेशन पेश्की नपाउँदा राज्यको ‘सप्लाई चेन’ मै समस्या आई समग्र अर्थतन्त्रमा प्रतिकूल प्रभाव परेको अध्यक्ष सिंहले बताए ।

    निर्माण व्यवसायीहरूको ६० अर्ब रुपैयाँ भन्दा बढी रकम भुक्तानी नभएको तर्फ अर्थमन्त्री महतको ध्यानाकर्षण गराउँदै अध्यक्ष सिंहले समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे । मूल्यवृद्धिका कारण साना निर्माण व्यवसायीहरू अझ बढी मारमा परेको भन्दै अध्यक्ष सिंहले महासंघको हालै सम्पन्न २४ औं साधारण सभाबाट पारित घोषणापत्र बारे मन्त्री महतलाई जानकारी गराए ।

    मुलुकको समृद्धिका लागि पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गर्दै अध्यक्ष सिंहले सरकारलाई सबै किसिमको सहयोग गर्न व्यवसायीहरू तयार रहेको प्रतिबद्धता जनाए । महासंघ प्रतिनिधिमण्डलले अर्थमन्त्री महतलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ ।

    महासंघ प्रतिनिमिण्डलमा महासंघका सल्लाहकारहरू यक्षध्वज कार्की, जयराम लामिछाने, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.),उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे, कार्य समिति सदस्यहरू अशोक कुमार केसी, दानबहादुर खड्का, निर्माण व्यवसायी गणेश बहादुर तामाङ, कार्यालय प्रमुख प्रेम सिंह ऐर लगायत रहेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend