logo

२०८३ असोज ७ बुधबार

लाम्पार्ड चेल्सीको व्यवस्थापकीय जिम्मेवारीमा

लाम्पार्ड चेल्सीको व्यवस्थापकीय जिम्मेवारीमा


हाम्रो राष्ट्र
  • शुक्रबार, २४ चैत्र २०७९
  • 962
    SHARES

    काठमाडौं । फ्रायन्क लाम्पार्ड इंग्लिस प्रिमियर लिग क्लब चेल्सीको व्यवस्थापकका रूपमा फर्केका छन् । दुई वर्षअघि बर्खास्तीमा परेर बाहिरिएका लाम्पार्डलाई फेरि चेल्सीको व्यवस्थापकीय भूमिकामा फर्काइएको हो । केही समय अघि मात्र ग्राहम पोटरलाई बर्खास्त गरेको चेल्सीले दुई बर्षअघि बर्खास्त गरेका लाम्पार्डलाई फेरि क्लबमा फिर्ता बोलाएको बिषयलाई आश्चर्यजनक घटनाको रुपमा लिईएको छ ।

    उनलाई बर्खास्त गरेयता चेल्सीले यसबिचमा दुई जनालाई ब्यवस्थापकीय जिम्मेवारी दिएको थियो । लाम्पार्ड बर्खास्तमा परे पछि चेल्सीले थोमस टुचेल व्यवस्थापकी जिम्मेवारी दिएको थियो । त्यसवाट पनि असन्तुष्ट रहेको चेल्सीले टुचेललाई पनि बर्खास्त गरेर पोटरले सो अवसर दिएको थियो ।

    तर, केही समय अघि पोटर पनि बर्खास्तीमा परे पछि चेल्सीले लाम्पार्ड छोटो समयका लागि व्यवस्थापकीय जिम्मेवारीमा ल्याएको हो । उनी यस सिजनको अन्त्यसम्म रहने गरी चेल्सीले सम्झौता गरेको जनाईएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend