काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि सहज जित निकालेको छ । ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलमा म्यानचेस्टरले एभर्टनलाई २–० ले पराजित गर्दै सहज जीत निकालेको हो ।
पहिलो हाफको ३६औं मिनेटमा जेडान सान्चोको पासमा म्याक टोमिनेले गोल गरे पछि युनाइटेडले १–० को अग्रतासहित अघि बढयो भने त्यसपछि दोस्रो हाफको ७१औं मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै टोलीलाई २–० को सहज जित दिलाए ।
यस जितसँगै युनाइटेड २९ खेलबाट ५६ अंक जोडेर चौथो स्थानमा छ भन पराजित एभर्टन २७ अंक जोडेर १७ औं स्थानमा सिमित रहेको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend