logo

२०८३ साउन १४ बिहिबार

आर्मी र सातदोबाटोले ३–३ गोलको बराबरी खेले

आर्मी र सातदोबाटोले ३–३ गोलको बराबरी खेले


हाम्रो राष्ट्र
  • आइतबार, २६ चैत्र २०७९
  • 923
    SHARES

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतयोगितामा त्रिभुवन आर्मी र सातदोबाटो युथ क्लबले ३–३ गोलको बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा आइतबार भएको खेलमा आर्मीका जिलेस्पीजंग कार्कीले दुई र दीपक गुरुङले गोल गरे भने सुरोज बस्नेतले आत्मघाती गोल गरे ।

    सातदोबाटोका माटभुरातोभ र ओसिडुले गोल गरे । सातदोबाटो १३ अङ्कसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ । आर्मी ९ अङ्कसहित आठौँ स्थानमा छ । यसअघि आजै दिउँसो भएका खेलमा मच्छिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) विजयी भएका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend