logo

२०८३ साउन १४ बिहिबार

बार्सिलोना जिरोनासँग गोलरहित बराबरीमा

बार्सिलोना जिरोनासँग गोलरहित बराबरीमा


हाम्रो राष्ट्र
  • मंगलबार, २८ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना जिरोनासँग गोलरहित बराबरीमा रोकिएको हो ।

    स्पोटिफाई क्याम्प नोउमा सोमबार राति भएको खेलमा बार्सिलोनाले पटक पटक गोलका लागि प्रयास गरेको भए पनि जिरोनाका गोलरक्षक पाउलो गाजानिगाले उसको कुनै पनि प्रयासलाई सफल हुन दिएनन्  र खेल गोलरहित बराबरीमा टुंगियो ।

    ला लिगामा बार्सिलोनाको यो तेस्रो बराबरी हो । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई १३ अंकले पछि पारेको बार्सिलोनाले २८ खेलबाट ७२ अंक बटुलेको छ भने जिरोना ३५ अंक जोडेर ११औं स्थानमा छ । दोस्रो स्थानको रियलसँग ५९ अंक रहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend