logo

२०८३ साउन १४ बिहिबार

ए डिभिजन लिगमा संकटा विजयी

ए डिभिजन लिगमा संकटा विजयी


हाम्रो राष्ट्र
  • बुधबार, २९ चैत्र २०७९
  • 936
    SHARES

    काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएको खेलमा संकटा क्लबले न्युरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा संकटाले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

    संकटाका लागि जुनिअर ओंगुने एनकुंगे र फरवार्ड मनिष डाँगीले गोल गर्दा एनआरटीका निकोलसले गरेको एक सान्तवनामा सीमित रह्यो । यस जितसँगै संकटा ८ खेलमा ३ जित, ३ बराबरी र २ हारसँगै १२ अंकका साथ सातौं स्थानमा रहँदा एनआरटी ६ अंक जोड्दै ११ औं स्थानमा छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend