logo

२०८३ असोज ७ बुधबार

धनगढी हाफ म्याराथनको उपाधि आर्मीका मुकेशबहादुर पाललाई

धनगढी हाफ म्याराथनको उपाधि आर्मीका मुकेशबहादुर पाललाई


हाम्रो राष्ट्र
  • शुक्रबार, १ बैशाख २०८०
  • 1.1K
    SHARES

    धनगढी । धनगढी हाफ म्याराथन २०२३ को उपाधि नेपाल आर्मीका मुकेशबहादुर पालले हात पारेका छन् । नयाँ वर्षको अवसरमा शुक्रबार भएको म्याराथनमा पालले १ घण्टा ४ मिनेट ४८ सेकेन्डमा २१.१ किलोमिटर पार गरेर उपाधि हात पारेका हुन् ।

    उनले नगद ५५ हजार ५५५ प्राप्त गरेका छन् । म्याराथनमा द्वितीय भएका नरेन्द्रसिंह रावलले १ घण्टा ७ मिनेट २३ सेकेन्डमा २१.१ किलोमिटर पार गर्दा सन्तोषविक्रम विष्टले तृतीय स्थान हासिल गरे । म्याराथनमा द्वितीय भएका रावलले ३३ हजार ३३३ र तृतीय विष्टले २२ हजार २२२ नगद पुरस्कार प्राप्त गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend