logo

२०८३ असोज ७ बुधबार

जावलाखेलसँग मनाङ पराजित

जावलाखेलसँग मनाङ पराजित


हाम्रो राष्ट्र
  • शनिबार, २ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । जावलाखेल युथ क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
    शनिबार ललितपुरस्थिित च्यासल मैदानमा भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई ३–० गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो ।

    जावलाखेलको जितमा एनकोटो मासोबीले दुई तथा फोडे फोफानाले एक गोल गरे । खेलको चौथो मिनेटमा नै मासोबीले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दलाएका थिए ।  त्यसपछि खेलको थप गरिएको समयमा जावलाखेलले दुई गोल थप्न सफल भयो ।

    खेलको थपिएको दोस्रो मिनेटमा फोडे फोफानाले एक गोल गरे भने चौथो मिनेटमा मासोबीले व्यक्तिगत दोस्रो तथा जावलाखेलको लागि तेस्रो गोल गरे । यस जितसँगै जावलाखेलले ९ खेलमा १७ अंक जोडेको छ । मनाङ १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend