logo

२०८३ असोज ७ बुधबार

पञ्जाबसँग लखनउ पराजित

पञ्जाबसँग लखनउ पराजित


हाम्रो राष्ट्र
  • आइतबार, ३ बैशाख २०८०
  • 988
    SHARES

    काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार राति भएको खेलमा पन्जाब किंग्ससँग लखनउ सुपर जायन्ट्स २ विकेटले पराजित भएको छ । लखनउले दिएको १६० रनको लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । सिकन्दर राजाको ५७ रनको उत्कृष्ट प्रदर्शनमा पञ्जावले जित निकालेको हो । राजा म्यान अफ दि म्याच बने ।

    उनले ३१ बल खेल्दै ४ चौका र तीन छक्का प्रहार गरे । माथ्यु सर्टले ३४ रन बनाए भने शाहरुख खान २३ रनमा अविजित रहे । लखनउका मार्क उड, रबि बोस्नाई र युधभिर सिंहले २/२ विकेट लिए । यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो ।

    लखनउका लागि कप्तान केएल राहुलले ७४ रन र कायल मेयर्सले २९ रन जोडे । पन्जाबका कार्यवाहक कप्तान साम करनले ३ र कागिसो राबडाले २ विकेट लिए । यो जितपछि ५ खेलमा ६ अंक जोडेको पन्जाब चौथो स्थानमा उक्लेको छ । ५ खेलबाट नै ६ अंक रहेको लखनउ राम्रो रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend