logo

२०८३ साउन १४ बिहिबार

अफगानिस्तानले पूर्वअमेरिकी सैन्य अड्डाहरूलाई आर्थिक क्षेत्रमा परिणत गर्ने

अफगानिस्तानले पूर्वअमेरिकी सैन्य अड्डाहरूलाई आर्थिक क्षेत्रमा परिणत गर्ने


हाम्रो राष्ट्र
  • सोमबार, ८ फाल्गुन २०७९
  • 1.6K
    SHARES

    अफगानिस्तानको कार्यवाहक प्रशासनले आर्थिक गतिविधिलाई बलियो बनाउनका लागि पूर्वअमेरिकी सैन्य अड्डाहरूलाई आर्थिक क्षेत्रमा परिवर्तन गर्ने निर्णय गरेको छ ।

    सरकारी बख्तर समाचार एजेन्सीले उल्लेख गरेअनुसार उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादारको अध्यक्षतामा बसेको आर्थिक आयोगको बैठकले यस्तो निर्णय गरिएको हो ।

    बख्तरले आफ्नो प्रतिवेदनमा त्यसबारे उल्लेख गर्दै पाइलट प्रोजेक्ट काबुल र बल्खबाट सुरु भई देशका अन्य भागमा विस्तार हुने बताइएको छ ।

    आर्थिक क्षेत्रमा परिणत भइसकेका सैन्य अखडाहरू क्रमशः उद्योग वाणिज्य मन्त्रालयलाई हस्तान्तरण गरिने पनि बख्तरले जानकारी दिएको छ । संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले सन् २०२१ अगस्टमा अफगानिस्तानबाट सेना फिर्ता गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend