logo

२०८३ साउन १४ बिहिबार

लुम्बिनी प्रदेशमा जसपाका मन्त्री अहिरले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेशमा जसपाका मन्त्री अहिरले लिए पद तथा गोपनीयताको शपथ


हाम्रो राष्ट्र
  • सोमबार, ८ फाल्गुन २०७९
  • 1.8K
    SHARES

    बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी भएको छ । सोमबार जसपाबाट नवनियुक्त मन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनियताको शपथ गरेका छन् ।
    प्रदेश प्रमुख अमिक शेरचनले अहिरलाई शपथ गराएका हुन् ।

    मुख्यमन्त्री लिला गिरीको सिफारिसमा संविधानको धारा १६८ को उपधारा २ अनुसार कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरेका थिए । यसअघि नियुक्त एमालेका एक मन्त्रीलाई विना विभागीय बनाएर जसपालाई सरकारमा सहभागी गराइएको हो ।

    यसअघि सरकार विस्तारका क्रममा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको थियो । त्यसमध्यबाटै जसपा सरकारमा आएको अवस्थामा एमालेले लिएको मन्त्रालयबाटै दिने भन्ने सहमति गरिएको थियो ।

    त्यही सहमति अनुसार मुख्यमन्त्री गिरीले एमालेका कृषि तथा भूमि व्यवस्थामन्त्री तुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमै राखेर जसपाका संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त गरिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend