logo

२०८३ साउन १४ बिहिबार

जर्मन चान्सलर स्कोल्ज फेब्रुअरी २५ मा भारत भ्रमणमा आउने

जर्मन चान्सलर स्कोल्ज फेब्रुअरी २५ मा भारत भ्रमणमा आउने


हाम्रो राष्ट्र
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 1.7K
    SHARES

    जर्मन चान्सलर ओलाफ स्कोल्जले यही फेब्रुअरी २५ र २६ मा भारतको राजकीय भ्रमण गर्नुहुने विदेश मन्त्रालयले जनाएको छ । चान्सलर स्कोल्जका साथमा वरिष्ठ अधिकारीहरू र उच्च पदस्थ व्यक्तिहरूका साथै व्यापारिक प्रतिनिधिमण्डल पनि रहने बताइएको छ ।

    उनी फेब्रुअरी २५ मा नयाँ दिल्ली आइपुग्नेर फेब्रुअरी २६ मा बेंगलुरु जानुहुने मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। सन् २०११ मा द्विवार्षिक अन्तर–सरकारी परामर्श संयन्त्र शुरु भएदेखि जर्मन चान्सलरको भारतको यो पहिलो भ्रमण हो ।

    सो अवसरमा दुवै देशका मन्त्रीहरूले आ–आफ्नो जिम्मेवारीका विभिन्न क्षेत्रमा छलफल गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री र चान्सलर बीच द्विपक्षीय, क्षेत्रीय र विश्वस्तरीय महत्त्वका विभिन्न विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

    भारत–जर्मनी रणनीतिक साझेदारी साझा मूल्य–मान्यता, विश्वास र पारस्परिक समझदारीमा आधारित छ। सुदृढ लगानी र व्यापारिक सम्बन्ध, हरित र दिगो विकासमा सहयोग र बढ्दो जनस्तरीय सम्बन्धले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको दुवै पक्षको बुझाइ छ ।

    चान्सलर स्कोल्जको भ्रमणले दुबै पक्षलाई छैठौं आईजीसीको मुख्य नतिजाहरूको विकसित विषयबारे भएको प्रगति, सुरक्षा र रक्षा सहयोगलाई सुदृढ गर्ने, दुवै पक्षका लागि आर्थिक सम्बन्धका लागि काम गर्ने, अवसर बढाउने लगायतका विषषमा छलफल गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

    चान्सलर स्कोल्जले राष्ट्रपति द्रौपदी मुर्मुलाई पनि भेट्ने कार्यक्रम छ । उनलाई राष्ट्रपति भवनको प्राङ्गणमा औपचारिक स्वागत गरिने कार्यक्रम तय भएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend