logo

२०८३ असोज ७ बुधबार

एसीसी प्रिमियर कपको फाइनलमा यूएई १ सय १७ रनमा अलआउट

एसीसी प्रिमियर कपको फाइनलमा यूएई १ सय १७ रनमा अलआउट


हाम्रो राष्ट्र
  • मंगलबार, १९ बैशाख २०८०
  • 949
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा यूएई १ सय १७ रनमा अलआउट भएको छ । यूएई ३३ ओभर १ बलमा अलआउट भएको हो । यूएईले नेपाललाई जितका लागि १ सय १८ रनको लक्ष्य दिएको छ । फाइनल खेल हिजो जुन अवस्थामा पुगेर रोकिएको थियो आज त्यहीँबाट सुरु भएको थियो ।

    कीर्तिपुर मैदानमा हिजो खेल रोकिनुअघि पहिला ब्याटिङ गरिरहेको यूएई २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रनको सामान्य अवस्थामा थियो । अन्तिम विकेटका रुपमा आज यूएईका जुनैद सिद्दिक आउट भए ।

    नेपालका ललित राजवंशील विकेट लिए । आज पनि वर्षाले खेल रोकिएमा ओभर घटाएर खेलाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ । एकदिवसीय वरियतामा नेपाल १४औँ तथा यूएई १९ औँ नम्बरमा छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend