logo

२०८३ साउन १४ बिहिबार

एसीसी प्रिमियर कप विजेता खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने सरकारको निर्णय

एसीसी प्रिमियर कप विजेता खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने सरकारको निर्णय


हाम्रो राष्ट्र
  • बुधबार, २० बैशाख २०८०
  • 871
    SHARES

    काठमाडौं । सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी खेलाडी र प्रमुख प्रशिक्षकलाई जनही ६ लाख र अन्य अफिसियल टिमलाई ३ लाख रुपैयाँ दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    मंगलबार कीर्तिपुरमा भएको अन्तिम खेलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो । त्यस्तै बैठकले त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि आवश्यक रकम आगामी आर्थिक वर्षको बजेटमा छुट्याउने निर्णय पनि गरेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend