logo

२०८३ साउन १४ बिहिबार

बराबरीमा रोकिए म्याड्रिड र सिटी

बराबरीमा रोकिए म्याड्रिड र सिटी


हाम्रो राष्ट्र
  • बुधबार, २७ बैशाख २०८०
  • 936
    SHARES

    एजेन्सी । रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल र सिटी बराबरीमा रोकिएका हुन । रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा मंगलबार भएको खेल १–१ को बराबरीमा सकिन पुगेको थियो ।

    पहिलो हाफको ३६ औं मिनेटमा रियलका लागि भिनिसियस जुनियर गोल गरेर खेललाई सुरुवाती अग्रता दिलाएका थिए र पहिलो हाफ १–० मा नै टुंगिन पुग्यो ।

    तर, दोस्रो हाफको ६७ औं मिनेटमा सिटीका लागि केभिन डे ब्रुएना गोल फर्काए पछि खेल १– १ को बराबरीमा रहन पुग्यो । दुवै पक्षले एक अर्काको गोल पोष्टमा निरन्तर प्रहार गरे पनि अन्ततः खेल बराबरीमा नै टुंगिन पुग्यो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend