logo

२०८३ साउन १३ बुधबार

जापान सरकारद्वारा थोक मूल्यको मासिक मूल्याङ्कनलाई परिमार्जन

जापान सरकारद्वारा थोक मूल्यको मासिक मूल्याङ्कनलाई परिमार्जन


हाम्रो राष्ट्र
  • बुधबार, १० फाल्गुन २०७९
  • 1.2K
    SHARES

    जापान सरकारले थोक मूल्यको मासिक मूल्याङ्कनलाई परिमार्जन गरेको छ । यद्यपि यस मूल्याङ्कनबाट जापानी अर्थतन्त्रको अवस्था भने यथावत् छ । योसँगै कर्पोरेट सामानको मूल्य हालसालै सुस्त गतिमा बढ्दै गएको छ ।

    क्याबिनेट अफिसले जारी गरेको फेब्रुअरीको आर्थिक प्रतिवेदनमा भने सामान्य परिवर्तन देखिएको छ । प्रतिवेदनका अनुसार केही कमजोरीका बाबजुद जापानी अर्थतन्त्र मध्यम रूपमा उठिरहेको सरकारले आफ्नो मासिक मूल्याङ्कनमा उल्लेख गरेको छ ।

    प्रतिवेदनले निजी उपभोग र कर्पोरेट खर्चदेखि उत्पादन र निर्यातसम्मको अर्थतन्त्रका ११ प्रमुख अङ्गहरूको मूल्याङ्कनलाई भने यथावत् कायम राखेको छ। साथै प्रतिवेदनले कमजोर निर्यात, औद्योगिक उत्पादन वृद्धिमा रोक र फेब्रुअरीमा बढ्दो उपभोक्ता मूल्यहरू पनि विशेषरूपमा उल्लेख गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend