logo

२०८३ असोज ७ बुधबार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै


हाम्रो राष्ट्र
  • बुधबार, १० फाल्गुन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बजे बैठक बस्नेछ । बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    त्यस्तै, आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव डा. भरत गौतमले बताए ।

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पनि संसदमा पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend