logo

२०८३ साउन १३ बुधबार

मछिन्द्रसँग थ्रीस्टार पराजित

मछिन्द्रसँग थ्रीस्टार पराजित


हाम्रो राष्ट्र
  • शनिबार, ३० बैशाख २०८०
  • 962
    SHARES

    काठमाडौं । ए डिभिजन लिगमा मछिन्द्र क्लवले थ्रीस्टार क्लवलाई पराजित गरेको छ । शनिबार ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा मछिन्द्रले थ्रीस्टारलाई १–० गोल अन्तरले पराजित गरेको हो ।मछिन्द्रका लागि एक मात्र निर्णायक गोल जापानी खेलाडी युता सुजुकीले खेलको दशौं मिनेटमा गरेका थिए ।

    जितपछि मछिन्द्रको २७ अंक भएको छ । थ्रीस्टारको २५ अंक रहेको छ । यस्तै शनिबार नै दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ । आर्मीसंगं पराजित भएपछि चर्च ब्वाइज शिर्ष स्थानमा पुग्न असफल रह्यो ।

    खेलको ४४ औं मिनेटमा जिलेस्पी जंग कार्कीले आर्मीका लागि गोल गरेका थिए । जीतसंगै आर्मीको १७ खेलमा २४ अंक छ । चर्च ब्वाइज १७ खेलमा ३० अंक जोड्दै दोस्रो स्थानमा छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend