logo

२०८३ साउन १३ बुधबार

ठाकुरबाबालाई खो–खोको उपाधि

ठाकुरबाबालाई खो–खोको उपाधि


हाम्रो राष्ट्र
  • बुधबार, १० फाल्गुन २०७९
  • 1.7K
    SHARES

    भक्तपुर । भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर पुरुष खो–खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिकाले जितेको छ ।

    स्थानीय सहिद स्मृति खेल मैदानमा मङ्गलबार सम्पन्न प्रतियोगितामा ठाकुरबाबाले उपाधिसहित एक लाख ५० हजार पुरस्कार हात पारेको छ ।

    प्रतियोगितामा कीर्तिपुर नगरपालिका दोस्रो हुँदै एक लाख तथा कैलालीको धनगढी उपमहानगरपालिकाले ५० हजारसहित तेस्रो स्थान हासिल गर्यो ।

    सङ्घीय सांसद एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रतियोगितामा विजयी टोलीका खेलाडीलाई पुरस्कार र ट्रफी प्रदान गरे ।

    विभिन्न जिल्लाका १३ नगरपालिका सहभागी नगरपालिकालाई नगरप्रमुख एवं कार्यक्रमका सभापति सुनिल प्रजापतिले पाँच हजार पुरस्कारसहित मायाको चिनो प्रदान गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend