logo

२०८३ साउन १३ बुधबार

जावलाखेल र मनाङ बराबरीमा

जावलाखेल र मनाङ बराबरीमा


हाम्रो राष्ट्र
  • आइतबार, ३१ बैशाख २०८०
  • 897
    SHARES

    काठमाडौं । ए डिभिजन लिगको शीर्ष स्थानमा रहेको जावलाखेल मनाङसँग बराबरीमा रोकिएको छ । आइतबार च्यासल मैदानमा भएको खेलमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा जावलाखेल मनाङसँग बराबरीमा रोकिएको हो ।

    जावलाखेलका लागि एनकोटो मासोबी र हिशुफ थपलियाले एक एक गोल गर्दा मनाङका लागि विशोङ्ग गुरुङ र सुमित श्रेष्ठले एक एक गोल गरेका थिए । एनकोटो मासोबीले खेलको ३४ औं मिनेटमा जावलाखेललाई अग्रता दिलाए । उनले विनोद केसीले मैदानको बीच भागबाट उपलब्ध गराएको पासमा गोल गरेका हुन् ।

    खेलको ६१ औं मिनेटमा मनाङको बराबरी गर्ने मौकालाई जावलाखेलका गोलरक्षक अनिश देउलाले विफल पारिदिए । त्यसको अर्को मिनेटमा नै मनाङका निराजन धामीको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । खेलको ६९ औं मिनेटमा मनाङले बराबरीको अवसरलाई गुमाएको छ । मनाङका विशोङ्ग गुरुङको कर्नरमा कोफि कौडोको हेडरलाई जावलाखेलका अनिश देउलाले पञ्च गर्दै विफल पारी दिए । खेलको ७५ औं मिनेटमा जावलाखेलले अग्रतालाई दोब्बर बनायो ।

    फोडे फोफानाको पासमा हिशुफ थपलियाले गोल गरेका हुन् । खेलको ८१ औं मिनेटमा मनाङले गोल गर्दै खेलमा फर्कने प्रयास गरेको छ । उसका लागि विशोङ्ग गुरुङले गोल गरेका थिए । उनले कोफी कौडोको पासमा विशोङ्गले उत्कृष्ट भलि गोल गरेका थिए । थपिएको समयको पहिलो मिनेटमा मनाङले बराबरी गोल गर्न सफल भयो ।

    मनाङका लागि सुमित श्रेष्ठले डिबक्स बाहिरबाट गरेको प्रहारले सिँधै जाली चुमेको थियो । त्यसपछि मनाङले केही अवसर पाएता पनि सफल हुन सकेन र खेल अन्तत दुई दुई गोलको बराबरीमा सकियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend